गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य,जनजीवन संकटमा

युद्धले तहसनहस बनाएको जामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त निकायले गाजाको अवस्था ’अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो । डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, “तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् ।
कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।” संस्थाले अझ भन्यो,“यो वर्षको मेदेखि सेप्टेम्बरसम्म करिब चार लाख ७० हजार मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरिएको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो।” “अत्यधिक महङ्गो भएका कारण बजारबाट खानपिन खरिद गर्न सकिने अवस्था छैन ।
मानिसहरूले राहतबाट प्राप्त हुने खानेकुरामा मात्र भर पर्नुपर्ने अवस्था छ,” डब्लुएफपीले उल्लेख गरेको छ । “मानवीय सहायता अभावकै कारण मानिसहरू ज्यान गुमाइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ । इजरायलले गएको मार्च महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा रोक लगाएको छ, जसका कारण बालबालिकामा कुपोषणको अवस्था झनै गम्भीर बन्दै गएको विभिन्न राहत संस्थाहरूले चेतावनी दिइरहेका छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया