प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्री सवार गाडी आपसमा ठोक्किए
मेरोन्यूज
२०८२ साउन १३ गते १४:४८

काठमाडौं। सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा आज भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएका हुन् ।
भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले ठक्कर दिएको हाे। दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ ।
दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । गाडीमा भने क्षति पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया