प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्री सवार गाडी आपसमा ठोक्किए
मेरोन्यूज
२०८२ साउन १३ गते १४:४८

काठमाडौं। सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा आज भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएका हुन् ।
भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले ठक्कर दिएको हाे। दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ ।
दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । गाडीमा भने क्षति पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया