ओलीको विपक्षमा मतदान गर्न माओवादीको ह्वीप
संसद बैठक अगाडी देउवा प्रचण्ड भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिन खोजेको विश्वासको मतलाई असफल पार्ने योजनामा रहेको कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुका वीचमा भेटवार्ता भएको छ । संसद बैठक शुरु हुनु अगाडी सिंहदरवारमा कांग्रेस सभापति शेरवहादुर देउवा र बालकृष्ण खाँण तथा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल (प्रचण्ड) र वर्षमान पुन (अनन्त) का वीचमा भेटवार्ता भएको हो ।

भेटवार्ता माओवादी दलको बैठक लगत्तै भएको हो । त्यसअगाडी माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सिंहदरवारमा बसेको माओवादी संसदीय दलको बैठकले त्यससम्वन्धी निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिए ।
उनले भने, ‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोस्रो कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको अबिलम्ब छानविन गर्नुपर्छ र दोषीमाथि कारवाही गर्नुपर्छ ।’














चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया