नालायकीपनको जिम्मा कसले लिने ? भन्दै राजीनामा मागसहित रामहरिलाई रास्वपाको प्रश्न
मेरोन्यूज
२०८२ साउन २१ गते १३:५५

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवात मै रास्वपाका तर्फबाट बोलेको सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा दोषी देखिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् ।
उनले भने, ‘कुलिङ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’
उनले नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने भन्दै अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने भनेर प्रश्न समेत गरे।
सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया