पाकिस्तानमा भारी वर्षा : कम्तीमा ५० जनाको मृत्यु

भारी मनसुनी वर्षाले उत्तरी पाकिस्तानमा बाढी र आकस्मिक डुबान निम्त्याउदा कम्तिमा ५० जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना बाढीका कारण भत्किएका घरको भग्नावशेषमा फसेको विपद् व्यवस्थापन निकायका अधिकारीहरूले शुक्रबार बताएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तमा विगत २४ घण्टामा कम्तीमा २३ जनाको तथा कश्मीरमा सात जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन अधिकारीहरूले पुष्टि गरेका छन् ।
बाढीले उत्तरपश्चिमी बाजौर जिल्लामा धेरै घरहरू बगाएको छ भने त्यहाँ उँदा १६ जनाको मृत्यु भएको छ र २० जनाभन्दा बढी भग्नाबशेसमा फसेको प्रान्तीय प्रकोप व्यवस्थापन निकायलाई उदृत गर्दै एएफपीले बताएको छ ।
मौसम विज्ञान विभागले उत्तरपश्चिम क्षेत्रमा भारी वर्षाको चेतावनी पनि जारी गर्दै मानिसहरूलाई ‘जोखिम’ क्षेत्रमा नजान आग्रह गरेको छ ।
वार्षिक मनसुनीे मौसमले दक्षिण एसियामा ७० देखि ८० प्रतिशत वर्षा हुने हुनाले कृषि र खाद्य सुरक्षालगायतका क्षेत्रलाई सकारात्मक योगदान पु¥याउँछ ।
पाकिस्तानमा यसअघि सन् २०२२ मा आएको मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाउदा एक हजार ७०० जनाको मृत्यु भएको थियो ।















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया