एकीकृत समाजवादी परित्याग गर्दै सुभाष साह आजपामा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा साहले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गरे ।
विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठनसहितका संगठनमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् ।
एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि एकीकृत समाजवादीमा लागेका साह प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिएका थिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य साह महासंघको पछिल्लो निर्वाचनमा केन्द्रीय उपाध्यक्षका प्रत्यासी थिए । दुई दशकभन्दा बढी समयदेखी सक्रिय पत्रकारितामा लागेका साह आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि, बिधान, नीति र जुन उदेश्यका लागि एमाले विभाजन गरेका थिए उनले सोही अनुसार काम नगरेको आरोप साहले लगाए । संगठनमा छलफल गर्ने, निर्णय गर्ने र निर्णय भएका एजेण्डालाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउने काम गरिएपछि सो पार्टी उनले परित्याग गरेको जनाएका छन् ।
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया