इक्वेडरमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु
मेरोन्यूज
२०८२ भदौ १२ गते १३:५९

दक्षिणी इक्वेडरको एन्डीज पर्वतीय क्षेत्रमा बुधबार एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका इक्वेडरको आपतकालीन सेवाले जनाएको छ ।
उनले भने, “नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले घाइतेको आधिकारिक सङ्ख्यालाई सङ्कलन गरिरहेको छ,” सेवाले यात्रुहरूको सङ्ख्या निर्दिष्ट नगरी एक विज्ञप्तिमा जनाएको छ ।
घाइतेहरुलाई रियोबाम्बा र कोल्टास्थित स्वास्थ्य केन्द्रमा लगिएको छ ।
इक्वेडरमा सन् २०२५ को जनवरीदेखि मे महिनासम्म सडक दुर्घटनाका कारण ५६५ भन्दा बढीको मृत्यु भएको छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा सडक दुर्घटनामा परी दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया