इक्वेडरमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु
मेरोन्यूज
२०८२ भदौ १२ गते १३:५९

दक्षिणी इक्वेडरको एन्डीज पर्वतीय क्षेत्रमा बुधबार एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका इक्वेडरको आपतकालीन सेवाले जनाएको छ ।
उनले भने, “नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले घाइतेको आधिकारिक सङ्ख्यालाई सङ्कलन गरिरहेको छ,” सेवाले यात्रुहरूको सङ्ख्या निर्दिष्ट नगरी एक विज्ञप्तिमा जनाएको छ ।
घाइतेहरुलाई रियोबाम्बा र कोल्टास्थित स्वास्थ्य केन्द्रमा लगिएको छ ।
इक्वेडरमा सन् २०२५ को जनवरीदेखि मे महिनासम्म सडक दुर्घटनाका कारण ५६५ भन्दा बढीको मृत्यु भएको छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा सडक दुर्घटनामा परी दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया