पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट एकलाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।
भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाउनुभएको छ । उहाँका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् ।
पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया