नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि
मेरोन्यूज
२०८२ भदौ १९ गते १०:२६

काठमाडौँ। नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ ।
परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश छन् । इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित
















अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया