रास्वपाको चेतावनी : सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिन्छाैं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
सांसद् सुमना श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्याएको बताइन् ।
‘सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान-प्रदानको प्रमुख माध्यम बनेको छ । यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो’ उनले उल्लेख गरेकी छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संविधाले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया