अनुतिन चार्नविराकुल बने थाइल्यान्डका नयाँ प्रधानमन्त्री

काठमाडौँ । वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसद्मा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बनेका छन् । टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारित अनौपचारिक परिणामअनुसार उनले आवश्यक दुई सय ४७ भन्दा बढी मत हासिल गरेका हुन् ।
मतदानको आधिकारिक प्रमाणीकरणपछि राजा महा भाजिरालोङ्गकोर्नबाट औपचारिक नियुक्ति पाउने र केही दिनभित्रै उहाँले सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।
अनुतिनले गत हप्ता अदालतको आदेशमा पदच्युत भएकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको स्थान लिएका छन् । पेटोङटार्नमाथि छिमेकी कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको विवादास्पद फोन कलमार्फत नैतिकता उल्लङ्घन गरेको ठहर गरिएको थियो । यो विवादले जुलाईमा पाँच दिन लामो घातक सशस्त्र द्वन्द्व समेत जन्माएको थियो ।
पेटोङटार्नकै मन्त्रीमण्डलमा मन्त्री रहेका अनुतिनले त्यसपछि राजीनामा दिनुभएको थियो र आफ्नो भूमजाइथाई पार्टीलाई गठबन्धन सरकारबाट फिर्ता लिएका थिए । फोनकल चुहावटपछि सार्वजनिक हल्ला मच्चिँदा राजनीतिक संकट थप गहिरिएको थियो ।
सन् २०२३ को आमनिर्वाचनमा प्रधानमन्त्रीका लागि योग्य पाँच उम्मेदवारमध्ये अनुतिन पनि एक थिए । तर हालसम्मको राजनीतिक उतारचढावले कार्यवाहक सरकारलाई कमजोर बनाएको थियो ।
फेउ थाई पार्टीले मंगलबार संसद् विघटन गर्ने प्रयास गरे पनि राजाको प्रिभी काउन्सिलले त्यसलाई अस्वीकार गरेको थियो। अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि फेउ थाई नेतृत्वको गठबन्धन सरकार र पूर्व प्रधानमन्त्री प्रयुथ चान–ओचा अन्तर्गतको सेना समर्थित सरकार दुवैमा सेवा गरिसकेका छन् ।
उनको पार्टीले पिपुल्स पार्टीसँगको सम्झौताअनुसार चार महिनाभित्र संसद् विघटन गर्ने वाचा गरेको छ । तर पिपुल्स पार्टीका नेता नाथाफोङ रुएङपान्यावुतले नयाँ सरकारलाई सम्भावित अल्पसङ्ख्यकमा छोड्दै विपक्षमा बस्ने घोषणा गरेका छन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया