कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा

बनियानी (झापा) । कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् ।
त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी निष्क्रिय सूचीमा रहेका छन् ।
त्यसैगरी, सोलुखुम्बुमा १२, ओखलढुङ्गामा २१, खोटाङमा १७, सङ्खुवासभामा १३, भोजपुर र धनकुटामा १७–१७, ताप्लेजुङमा १० र पाँचथरका २१ सहकारी संस्था निष्क्रियको सूचीमा रहेका छन् ।
सहकारी संस्थाहरूको तथ्याङ्कलाई अद्यावधिक गर्न तथा निष्क्रिय सहकारीको दर्ता खारेजी गर्ने प्रयोजनका लागि प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी सङ्घसंस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षणसम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको रजिष्ट्रार खनालले बताए ।
सूचीमा परेकाहरूको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पु¥याइ खारेजी प्रक्रिया अगाडि बढाउने कार्यालयका अनुगमन तथा लेखापरीक्षण शाखाका शाखा अधिकृत नगेन्द्र पराजुलीले बताए ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको नियमन क्षेत्राधिकारभित्र प्रदेशभरिका एक हजार ७५ सहकारी संस्था रहेका छन् ।
















बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया