नाइजरमा बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु

मोटरसाइकलमा आएका बन्दुकधारीहरूले पश्चिमी नाइजरमा २२ गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिनेमध्ये धेरैजना बप्तिस्मा समारोहमा सहभागी रहेका थिए ।
घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो । उक्त क्षेत्रमा अल–कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूहहरू सक्रिय छन् ।
टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताए । उनका अनुसार आक्रमणकारीहरूले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।
स्थानीय सञ्चारमाध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ ।
मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “फेरि एकपटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवारहरू शोक र निराशामा डुबेका छन् ।”
सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताहरूले ठूलो सेनाको उपस्थिति कायम राखेका भए पनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । गत हप्तामात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया