गाजा सहर छोड्न नयाँ सुरक्षीत मार्ग खुलाः इजरायली सेना

इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो । इजरायली सेनाले मङ्गलबार बिहानै गाजा सहरमा ठूलो बमबारी गर्यो र आफ्ना सैनिकहरूलाई गाजा स्ट्रिपको सबैभन्दा ठूलो शहरी क्षेत्रभित्र अगाडि बढायो ।
इजरायली सेनाले अब ‘सलाह अल–दिन सडक’ मार्फत अस्थायी यातायात मार्ग खोलिएको जानकारी दिएको छ, जुन बिहीबार दिउँसो १२ बजेदेखि ४८ घण्टाका लागि खुला रहने छ । युनाइटेड नेसन्सले अगस्त अन्त्यमा गाजा सहर र वरपर करिब एक लाख मानिसहरू बसोबास गर्ने अनुमान गरेको छ ।
हालसम्म तीन लाख ५० हजार भन्दा बढी मानिसहरू दक्षिणतर्फ भागिसकेको इजरायली सेनाको दाबी छ । तर गाजा बसोबास गर्ने धेरै मानिसहर भने,“यहाँ कुनै सुरक्षित ठाउँ छैन । हामी घरमै मर्न तयार छौं ।” युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा सुरु भएको थियो, जसमा एक हजार २१९ जना सामान्य नागरिक मारिएका थिए । इजरायली कारवाहीमा अबसम्म करिब ६४ हजार ९६४ जना सामान्य नागरिकको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रको एक स्वतन्त्र जाँच टोलीले इजरायलले गाजामा ‘जनसंहार’ गरिरहेको बताएका छन् । तर इजरायली सरकारले यो आरोप अस्वीकार गर्दै उक्त टोलीको तुरुन्त खारेजीको माग गरेको छ । यसैबीच कतार र फ्रान्सले इजरायललाई गाजा सहरमाथि आक्रमण रोक्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कतारका शेखसँग भेट गरी मध्यस्थताको भूमिकामा रहन आग्रह गरे ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया