फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे मानवताविरुद्ध अपराधमा अभियुक्त

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ । उनलाई राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको हत्या संलग्नतामा दोषी ठहर गरिएको हो ।
अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) का अभियोजनकर्ताले जुलाई ४ मा पेस गरेको १५ पृष्ठ लामो आरोप पत्र सोमबार सार्वजनिक गरिएको हो । यसमा डुटेर्टेले ‘कथित लागुऔषध व्यापारी, प्रयोगकर्ता तथा अन्य अपराधीहरूविरुद्ध हत्या र हिंसात्मक कार्य गर्न निर्देशन र अधिकार दिएको’ दाबी गरिएको छ ।
पहिलो अभियोगअनुसार उनले सन् २०१३–२०१६ बीच दाभाओ सहरको मेयर हुँदा १९ जनाको हत्या गराएका थिए। दोस्रोमा, सन् २०१६–२०१७ मा राष्ट्रपति हुँदा लक्षित हत्यामा १४ जनाको मृत्यु भएको उल्लेख छ । तेस्रो अभियोगले सन् २०१६–२०१८ बीच ‘निकासी अभियान’ मा ४३ जनाको हत्या भएको दाबी गर्छ ।
डुटेर्टे, उनका वकिल वा परिवारले यी आरोपहरूबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपति रहँदा उनले गैरन्यायिक हत्यालाई अस्वीकार गरे पनि खुलेर लागुऔषध संदिग्धहरूलाई मृत्युदण्ड दिने धम्की दिएका थिए । उनले हिंसात्मक प्रतिरोध गर्नेहरूलाई गोली चलाउन प्रहरीलाई प्रोत्साहन गरेका थिए ।
मार्चमा फिलिपिन्सका अधिकारीहरूले आइसिसीले जारी गरेको वारेन्टमा उनलाई पक्राउ गरी नेदरल्यान्ड्सस्थित आइसिसीको हिरासतमा राखिएको हो ।
उनका समर्थकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको प्रशासनमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन् । उनीहरूको भनाइमा आइसिसीको क्षेत्राधिकार विवादित छ ।
अदालतमा सुनुवाइ मङ्गलबार सुरु हुने तय भए पनि डुटेर्टे मुद्दा चलाउन योग्य हुन्छ कि हुन्न भन्ने वकिलहरूको तर्क मूल्यांकन गर्न न्यायाधीशहरूले समय मागेपछि स्थगित गरिएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया