रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

चालु महिनामा पश्चिमी रूसमा बिषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताहरूले शनिबार बताएका छन् । अनुसन्धानकर्ताहरूले “छ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले… मेथनोलको उच्च स्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ ।
शवहरू सेप्टेम्बर १० –१७ को बीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको जनाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार तीन जना संदिग्धहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ भने घटनाको अनुसन्धान भई रहेको छ । यस हप्ताको सुरुमा, अभियोजकहरूले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा दुई जनालाई एक दशक जेल सजाय सुनाएका थिए ।
सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । यस घटनापछि रूसले मधिरा सम्बन्धि कानुनलाई कडा बनाएता पनि विकल्पको रुपमा सस्तो र घरमा बनेको मधिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रहरू यस्ता घटनाहरु घट्ने गरेको जनाएको छ ।










सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया