मंगलबार, मंसिर २, २०८२

गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओ‌लीले अध्यक्ष पदबाट राजीनामा दिन जाेड

मेरोन्यूज २०८२ असोज १२ गते १९:०६

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा दिउँसो २ बजेदेखि जारी सचिवालय बैठकमा नेताहरू दुई तिर बाँडिएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको बलमा सत्ताबाट हट्न बाध्य पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओ‌लीले पदबाट राजीनामा दिनुपर्ने पक्ष र विपक्षमा नेताहरूबीच विवाद भइरहेको छ ।

एमाले सचिवालयका एक नेताका अनुसार ओलीलाई नेताहरूले पद त्यागेर पार्टी पुनर्गठनको ढोका खोल्न दबाब दिएका छन् ।

प्रतिक्रिया