बुधबार, मंसिर ३, २०८२

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

मेरोन्यूज २०८२ असोज १२ गते २०:१८

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

आझ अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा दिउँसो २ बजेदेखि जारी सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

पछिल्लो घटनाक्रमबारे छलफल गरेर आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटीको १० औं बैठक यही यही असोज २६ देखि २९ गतेसम्म काठमाडौंमा बस्नेछ ।

प्रतिक्रिया