गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले गाजामा अनिकाल घोषणा गरे देखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।
गाजा पट्टीका अस्पतालहरूले गम्भीर भोकमरी र कुपोषणबाट पीडित र चरम तनावको अवस्थामा रहेका सबै उमेरका सयौं मानिसहरूको उपचार गरिरहेको जनाएका छन् । चिकित्सा स्रोतहरूले उल्लेख गरे अनुसार १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् । बिरामीहरूलाई गम्भीर भोकले तनाव र स्मरण शक्तीको ह्रासको उपचार भइरहेको छ । गम्भीर कुपोषणबाट पीडित कयौँ मानिसहरूका लागि अस्पतालहरूमा पर्याप्त वेड र औषधिको अभाव छ ।
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा इजरायली नाकाबंदीको परिणामस्वरूप मार्च र जुनको बीचमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण दोब्बर भएको चेतावनी दिएको छ ।
युएनआरडब्लुएले स्वास्थ्य केन्द्र र चिकित्सा केन्द्रहरूले यस अवधिमा बच्चाहरूको लागि लगभग ७४ हजारमा कुपोषण परीक्षणहरू गरेको तथा विश्वव्यापी तीव्र कुपोषणका लगभग ५ हजार ५०० घटनाहरू र तीव्र कुपोषणका ८०० भन्दा बढी घटनाहरू पहिचान गरेको जनाएको छ ।
















मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया