हिमाल सफाइ अभियान टोली आमादब्लम हिमालको चुचुरामा
मेरोन्यूज
२०७८ वैशाख ३० गते २२:०५

काठमाडाैं । नेपाली सेनाका सहसेनानी अर्जुन खत्रीको नेतृत्वमा रहेको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान–२०२१’ का क्रममा माथिल्लो शिविरको फोहर सङ्कलन गर्ने सेनाको टोलीले छ हजार ८१२ मिटर अग्लो हिमालको आज बिहान ९ः५८ बजे सफलतापूर्वक आरोण गरेको हो ।
टोलीमा हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पासहित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । आरोहण गर्ने क्रममा टोली बुधबार राति दोस्रो आधार शिविरबाट चुचुरातर्फ प्रस्थान गरेको थियो । यही वैशाख १२ गते सेनाले सगरमाथासहित छ हिमालको सफाइ गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको छ ।
सम्बन्धित









जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
हेमजा साहित्य महोत्सव सम्पन्न
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
तरकारीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया