हिमाल सफाइ अभियान टोली आमादब्लम हिमालको चुचुरामा
मेरोन्यूज
२०७८ वैशाख ३० गते २२:०५

काठमाडाैं । नेपाली सेनाका सहसेनानी अर्जुन खत्रीको नेतृत्वमा रहेको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान–२०२१’ का क्रममा माथिल्लो शिविरको फोहर सङ्कलन गर्ने सेनाको टोलीले छ हजार ८१२ मिटर अग्लो हिमालको आज बिहान ९ः५८ बजे सफलतापूर्वक आरोण गरेको हो ।
टोलीमा हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पासहित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । आरोहण गर्ने क्रममा टोली बुधबार राति दोस्रो आधार शिविरबाट चुचुरातर्फ प्रस्थान गरेको थियो । यही वैशाख १२ गते सेनाले सगरमाथासहित छ हिमालको सफाइ गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको छ ।
सम्बन्धित
















बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया