भोज खान जाँदा कोरोना संक्रमण भएर एकै घरका तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३१ गते ११:३८
काठमाडौँ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ४ मा एकैघरका तीन जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । उनीहरू तिनै जनाको एक हप्ताभित्रै मृत्यु भएको हो ।
बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेहरू विवाह भोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरमै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया