पार्टी विभाजन गर्न माधव नेपाललाई उक्साउने नेता गौतमले भने-ओली र नेपालको वार्ता महत्वपूर्ण

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको वार्ताले पार्टीका लागि महत्वपूर्ण भएको बताएका छन् । उनले दुई नेताबीच भएको वार्ताले पार्टी एकता र शुभेच्छा जाहेर गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न दुई नेताले चालेको कदमले सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरे ।
‘नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरु अध्यक्ष क के पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा (एमाले)का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ,’ नेता गौतमले भने, ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।’
नेता गौतमले अध्यक्ष ओली नेपाल को ४३ औँ प्रधानमन्त्री नियुक्ति भएको बधाइसमेत दिएका छन् । केही दिनमा मात्रै उनले नेता नेपाललाई पार्टी विभाजन गर्न उक्साएका थिए । उनले ओली कहिले नसच्चिने भन्दै पार्टी विभाजन भए नेता नेपाललाई साथ दिने बताउँदै आएका थिए ।
याे पनि पढ्नुहोस् : माधव नेपाललाई पार्टी विभाजन गर्न बामदेवको सुझाव
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया