पार्टी विभाजन गर्न माधव नेपाललाई उक्साउने नेता गौतमले भने-ओली र नेपालको वार्ता महत्वपूर्ण

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको वार्ताले पार्टीका लागि महत्वपूर्ण भएको बताएका छन् । उनले दुई नेताबीच भएको वार्ताले पार्टी एकता र शुभेच्छा जाहेर गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न दुई नेताले चालेको कदमले सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरे ।
‘नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरु अध्यक्ष क के पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा (एमाले)का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ,’ नेता गौतमले भने, ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।’
नेता गौतमले अध्यक्ष ओली नेपाल को ४३ औँ प्रधानमन्त्री नियुक्ति भएको बधाइसमेत दिएका छन् । केही दिनमा मात्रै उनले नेता नेपाललाई पार्टी विभाजन गर्न उक्साएका थिए । उनले ओली कहिले नसच्चिने भन्दै पार्टी विभाजन भए नेता नेपाललाई साथ दिने बताउँदै आएका थिए ।
याे पनि पढ्नुहोस् : माधव नेपाललाई पार्टी विभाजन गर्न बामदेवको सुझाव










४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया