एमाले सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८२ असोज २५ गते ७:५७

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्नेछ ।
आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रबार सुरु भएको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्नेलगायत कुरा उठेका छन् । बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे समीक्षा गरिएको थियो ।
यस्तै, यही असोज २९ देखि ३१ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकका विषयमा पनि सचिवालय बैठकमा छलफल चलिरहेको छ ।
सम्बन्धित










कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
प्रतिक्रिया