जनता समाजवादी पार्टीकाे अधिवेशनको सम्पूर्ण तयारी पूरा

जनकपुर। जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको पहिलो एकताको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधाममा सोमबारदेखि सुरु हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अधिवेशनमा विभिन्न जिल्लाबाट ५०० प्रतिनिधि र १०० पर्यवेक्षक सहभागी हुने सो पार्टीका प्रदेश अध्यक्ष बालकृष्णप्रसाद यादवले जानकारी दिनुभयो । उनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने प्रदेश अधिवेशन यही असोज २७ र २८ गते सम्म सञ्चालन हुने जानकारी दिए ।
अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेनजीले उठाएका मागसहितका विभिन्न विषयमा छलफल हुने प्रदेश अध्यक्ष यादवले जानकारी दिनुभयो । साथै अध्यक्ष पदाधिकारीसहितका ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरेर प्रदेश अधिवेशन सम्पन्न हुनेछ ।
प्रदेश अधिवेशन समापनमा जनकपुरधाम घोषणापत्र जारी गरिने प्रदेश अध्यक्ष यादवले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालको अधिवेशन प्रतिनिधि वडा स्तरबाट छनोट भएर आउन लागेका छन् । पचास जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनोट हुने पार्टीको विधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशन जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सुरु हुने आयोजकले जनाएको छ ।









जुम्लामा ८४९ मतदाता थपिए
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
ताेकिएकाे मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया