जनता समाजवादी पार्टीकाे अधिवेशनको सम्पूर्ण तयारी पूरा

जनकपुर। जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको पहिलो एकताको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधाममा सोमबारदेखि सुरु हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अधिवेशनमा विभिन्न जिल्लाबाट ५०० प्रतिनिधि र १०० पर्यवेक्षक सहभागी हुने सो पार्टीका प्रदेश अध्यक्ष बालकृष्णप्रसाद यादवले जानकारी दिनुभयो । उनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने प्रदेश अधिवेशन यही असोज २७ र २८ गते सम्म सञ्चालन हुने जानकारी दिए ।
अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेनजीले उठाएका मागसहितका विभिन्न विषयमा छलफल हुने प्रदेश अध्यक्ष यादवले जानकारी दिनुभयो । साथै अध्यक्ष पदाधिकारीसहितका ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरेर प्रदेश अधिवेशन सम्पन्न हुनेछ ।
प्रदेश अधिवेशन समापनमा जनकपुरधाम घोषणापत्र जारी गरिने प्रदेश अध्यक्ष यादवले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालको अधिवेशन प्रतिनिधि वडा स्तरबाट छनोट भएर आउन लागेका छन् । पचास जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनोट हुने पार्टीको विधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशन जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सुरु हुने आयोजकले जनाएको छ ।
















कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
एमाले अध्यक्ष ओलीले गरे हुलाकी राजमार्गको अवलोकन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया