मधेशका प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

काठमाडौं।मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिदै छन् । बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको जनाएको थियाे ।
जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सिंहलाई उनकै पार्टी जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, महन्थ ठाकुर नेतृत्वको लोसपाले समर्थन फिर्ता लिइसकेका छन् । यो अवस्थामा मुख्यमन्त्री सिंह स्पष्ट अल्पमतमा रहँदारहँदै पनि उनले विश्वासको मत लिन लागेका हुन् ।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन चर्किएपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको भए पनि स्थिति सामान्य बनेपछि लिखित राजीनामा दिन अस्वीकार गरेका थिए ।त्यसपछि मुख्यमन्त्री सिंहकै पार्टी जनमतले सुरुमा उनीमाथिको समर्थन फिर्ता लिएर संसदीय दलले कारबाहीको सिफारिस गरेको थियो ।
यसैबीच, मधेश प्रदेशमा नेपाली कांग्रेस, एमाले र जनमत पार्टीले संयुक्त रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि ५८ जना सदस्यको समर्थनसहितको दाबीमात्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरिसकेका छन् ।
















बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया