पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीहरूले बुधबार बताएका छन् ।
दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो ।
स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालका अनुसार, झडपमा १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ ।
स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले एएफपीलाई जानकारी दिँदै भने,“झडपमा ८० भन्दा बढी महिला र बालबालिका घाइते भएका छन् ।”
तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै, पाकिस्तानी सुरक्षाकर्मीहरूले ‘फेरि एकपटक हल्का र भारी हातहतियार प्रयोग गर्दै आक्रमण गरेको’ आरोप लगाएका छन् ।
उनका अनुसार, झडपमा १२ सर्वसाधारणको मृत्यु र १०० जनाभन्दा बढी घाइते भएका छन् । यद्यपि उक्त विज्ञप्तिमा सुरक्षाकर्मीहरूको हताहतीको विषयमा केही उल्लेख गरिएको छैन ।
तालिबानले पाकिस्तानी सैनिकहरू मारिएपछि स्थिति सामान्य बनिसकेको र पाकिस्तानी चौकी र हतियार कब्जामा लिइएको जनाउको छ ।
झडपको असरले गर्दा क्षेत्रका सबै पसल, बजार र सार्वजनिक सेवा बन्द छन् । धेरै स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ पलायन गरेका छन्, एएफपीको स्थलगत रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर सुरक्षास्रोतहरूले उनीहरूले कुर्रम जिल्लाबाट अफगान क्षेत्रलाई लक्षित गरेको जनाएको छ, जुन स्पिन बोल्दाकभन्दा उत्तरतर्फ पर्दछ ।
यो हिंसात्मक घटना दुबै देशबीच हाल चलिरहेको कसिलो सम्बन्ध र आपसी आरोप–प्रत्यारोपको बीचमा भएको हो ।
इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानी तालिबान (टीटीपी) को आश्रय दिएको आरोप लगाउँदै आएको छ ।
झडपको सुरुवात शनिबार साँझ भएको थियो, जब काबुलले सीमा क्षेत्रमा पर्ने कम्तीमा पाँच प्रान्तमा सैन्य कारबाही सुरु गरेको थियो ।
तालिबानका अनुसार, बिहीबार काबुलमा भएको बम विस्फोटको जवाफस्वरूप पाकिस्तानले हवाई आक्रमण गरेपछि उनीहरूले प्रतिकारमा आक्रमण गरेका हुन् ।
आइतबार इस्लामाबादले कडा कारबाही गर्ने चेतावनी दिएपछि दुबै पक्षबीच झडप चर्किएको हो, जसमा दुवैतर्फ ठूलो संख्यामा हताहती भएको छ ।
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया