थाइल्यान्डकी मुमा महारानी सिरिकितको निधन

बैङ्कक। थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४, २०२५ को राति ९ः२१ बजे बैङ्ककस्थित थाई रेड क्रस सोसाइटी अन्तर्गतको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ ।
मुमा महारानी आमा सिरिकित कितियाकारा सन् १९३२ अगस्ट १२ मा जन्मिएकी हुन् । उनको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ ।
केवल १८ वर्षको उमेरमा उनले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन् । राजा भूमिबोल चकरी वंशका नवौँ सम्राट (राम नवौँ) थिए र उनको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो । महारानी आमा सिरिकित पनि त्यसैगरी विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहेकी थियन् ।
राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उनका पुत्र महा भाजिरालोङ्कोर्नले सिंहासन सम्हालेका थिए । मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा विरलै देखा पर्थिन् ।
उनले जीवनकालभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएको थियो । विशेष गरी दक्षिणी थाइल्यान्डमा बौद्ध समुदाय र विभिन्न संस्थाहरूप्रति सहयोग पुर्याउँदै थाई हस्तशिल्प र ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणका लागि ‘सपोर्ट फाउन्डेसन’ स्थापना गरी उनीहरूलाई उत्पादन र बजार पहुँचमा सशक्त बनाउन सहयोग गरेको थियो ।
मुमा महारानी सिरिकितले आफ्ना स्वर्गीय पतिले प्रारम्भ गरेको सयौँ विकास परियोजनाहरूको नियमित निरीक्षण गर्थिन्। उनको भव्यता, आकर्षक व्यक्तित्व र उत्कृष्ट फेसन–बोधका कारण उहाँ १९६० को दशकमा अन्तर्राष्ट्रिय ‘बेस्ट–ड्रेस्ड’ सूचीमा चार पटकसम्म चयन भएको थियो, जसलाई न्युयोर्क टाइम्स ले ‘विश्वकी सबैभन्दा स्टाइलिश व्यक्तित्वहरू मध्ये एक’ भनेर चित्रण गरेको थियो ।
थाइल्यान्ड संवैधानिक राजतन्त्र भएकोले मुमा महारानीसँग प्रत्यक्ष राजनीतिक शक्ति नभए पनि उनको उपस्थितिले देशको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको व्यापक रूपमा स्वीकार गरिन्छ ।
मुमा महारानी आमा सिरिकितका एक छोरा — राजा महा भाजिरालोङ्कोर्न, तीन छोरीहरू — राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्नका साथै एक बहिनी — बुस्बा कितियाकारा सथानपोङ रहेको छ ।
थाइल्यान्ड दरबारले मुमा महारानीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया