कोरोना रोक्न आग्रह गर्दै देवतालाई बलि

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रणका लागि जाजरकोटको एक गाँउमा कालिकामाई देवीलाई बलि दिएर स्थानियहरु रातभर जाग्राम बसेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ९ बोका० दिएर स्थायिनहरु रातभर जाग्राम बसेको स्थानिय हरिबहादुर खत्रीले जानकारी दिए ।
शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिएका हुन् ।
नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि नलगाडका स्थानियले यस्तो उपाय अवलम्वन गरेका हुन् ।
“यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।” स्थानिय हरिबहादुर खत्रीले भने ।
यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने ९गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने० योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले जानकारी दिए ।
मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने उनको भनाई छ ।
हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । (रासस)
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया