नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने
मेरोन्यूज
२०८२ कार्तिक २३ गते ८:०६

काठमाडौँ, २२ कात्तिकः नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए ।
सम्बन्धित
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया