देशलाई सही दिशा दिने दायित्व कांग्रेसकाे काँधमा छ : शशांक कोइराला
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १७:४७

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र नागरिक समाजलगायतलाई एकतावद्ध बनाउनुपर्ने बताए ।
“यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ, मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो, त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,” उनले भने ।
उहाँले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएकाले निर्वाचनमार्फत बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्नुपर्ने बताए।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया