आज कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला गर्दै
मेरोन्यूज
२०८२ कार्तिक २८ गते ९:४१

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला गर्न लागेका छन् । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो ।
विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ ।
उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।
केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारदेखि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने जनाइएकाे छ।
सम्बन्धित














टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
प्रतिक्रिया