बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

नयाँ अध्ययनले बङ्गलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ ।
बङ्गलादेश तथ्याङ्क विभागले बालबालिका तथा महिलासम्बन्धी सबैभन्दा व्यापक सर्वेक्षण युनिसेफ र अन्य साझेदार संस्थासँगको सहकार्यमा सार्वजनिक गरेको हो ।
तथ्याङ्क विभागकी सचिव आलेया अक्टारले सर्वेक्षणको दायरामा गर्भवती महिलामा रगतको कमी जस्ता नयाँ परीक्षणहरू समावेश भएका कारण यसले अझ बढी महत्त्व राख्ने बताइन् ।
सर्वेक्षण अनुसार, मातृ रगतको कमी अझै उच्च रहेको छ, जुन ५२.८ प्रतिशत छ । एक हजार किशोरीमध्ये जन्मदर ८३ बाट बढेर ९२ पुगेको देखिएको छ ।
यी तथ्यहरूले मातृ–शिशु पोषण सुधार, स्तनपान प्रवद्र्धन र स्वास्थ्य सेवामा पहुँच विस्तारको अत्यावश्यक आवश्यकता औँल्याउँछ ।
बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि राना फ्लावरसले प्रतिवेदनले प्रगति र चुनौती दुवै देखाएको उल्लेख गर्दै यसले आगामी स्वास्थ्य र पोषण सुधारका कामहरूमा मार्गदर्शन गर्ने बताए ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया