पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
मेरोन्यूज
२०८२ मंसिर २ गते १८:०७

काठमाडाैं । लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको योगफल तयार पारेको थियो । यो एनपीएलको इतिहासकै सर्वाधिक रनको योगफल हो ।
विराटनगरका लागि लोकेशले ४८ बलमा ७ छक्का र १ चौकासहित सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी गप्टिलले ३५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ६१, शुवम रन्जानेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सेले १० रन बनाए ।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया