जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी ईटनले ३९ रनको योगदान गरे ।
बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।
तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते ‘प्लेअफ’ दौडबाट बाहिरिने सम्भावना छ ।
यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।
आजको खेल जितेर सुदूरपश्चिम ‘प्लेअफ’मा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै सुदूरपश्चिम गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदलासमेत लिने दाउमा छ ।
आजै भएको पहिलो खेलमा लुम्बिनीसँग पोखरा पराजित भएको थियो।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया