मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
मेरोन्यूज
२०८२ मंसिर १५ गते १८:१५

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका बुवा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उनको उपचारको क्रममा सोमबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको थियो। उनलाई पिसाब सम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो।
रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।
अन्त्येष्टिमा कलाकार, नेता, मन्त्री, मेयर बालेनका समर्थकहरू सहभागी भएका थिए।
सम्बन्धित
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया