एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं । कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्याएको छ ।
जितका लागि पाएको २०२ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । उसका मार्क वाटले सर्वाधिक ५९ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । पोखराका रिसी धवनले सर्वाधिक ३ विकेट झारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनायो ।
यो जारी सिजनको दोस्रो उच्च स्कोर पनि हो । यसअघि विराटनगर किङ्ग्सले पोखराविरूद्ध नै २२० रन हिर्काएको थियो । जुन एनपिएल इतिहासमै उच्च हो । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । यस्तै जेशन रोयले ४६, धनन्जय लक्षनले अविजित २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे । कर्णालीका नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया