अफ्रिकामा हवाई यात्रु वार्षिक ६ प्रतिशतले वृद्धि

अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । उक्त वृद्धि मुख्यतः त्यहाँको युवाशक्ति, बढ्दो मध्यम वर्ग, छिटो शहरीकरणका कारण हुने अमेरिकी विमान निर्माता बोइङ (बोइङ) ले जनाएको छ ।
बोइङको सन् २०२५ का लागि तयार गरिएको अफ्रिका क्षेत्रको व्यावसायिक बजार दृष्टिकोण अनुसार, यात्रुको माग पूरा गर्न आगामी २० वर्षमा अफ्रिकाको व्यावसायिक विमान सङ्ख्या दोब्बर हुँदै करिब एक हजार ६८० पुग्नेछ ।
सो अवधिमा करिब एक हजार २०० नयाँ विमान आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन् । यी विमानले घरेलु तथा छोटो दूरीका अन्तरराष्ट्रिय उडान विस्तारमा सहयोग पु¥याउनेछन् ।
बोइङका मध्यपूर्व तथा अफ्रिका क्षेत्रका व्यावसायिक बजार निर्देशन प्रमुख शाहाब मातिनका अनुसार,“हवाई यातायात अफ्रिकाको आर्थिक वृद्धि तथा भित्री क्षेत्रीय विस्तारको प्रमुख प्रेरक बनिरहेको छ ।”
अफ्रिकी हवाई सेवा प्रदायकले आफ्नो उडान विस्तार गर्दै जाँदा जनशक्ति तथा हवाई पूर्वाधारमा ठूलो लगानीको आवश्यकता पर्ने बोइङले जनाएको छ । आगामी २० वर्षमा अफ्रिकामा करिब ७४ हजार नयाँ पाइलट, प्राविधिक तथा केबिन कर्मचारी आवश्यक पर्ने अनुमान छ ।
यसैगरी, विमान बेडा वृद्धि र सञ्चालन क्षमता सुनिश्चित गर्न करिब एक सय ३० अर्ब अमेरिकी डलरबराबरको सेवा माग पनि रहने बोइङले बताएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया