इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु सङ्ख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायले बुधबार जनाएको छ । निकायका अनुसार मङ्गलबार मात्र ४० टन राहत सामग्री प्राप्त भएको छ, जसमा खाद्यान्न, खानेपानी, औषधि तथा उपचार सामग्री समावेश छन् ।
यी सामग्रीहरू प्रभावित बस्तीहरूमा पठाइने तयारी भइरहेको छ । अर्थसम्बन्धी समन्वय मन्त्री एर्लाङ्गा हार्तार्टोले राहत साधनहरूले विपद्ग्रस्त नागरिकप्रतिको सरकारको चिन्ता झल्किने बताए । उनका अनुसार यस सहयोगले ‘तात्कालिक आवश्यकता पूरा गर्न, उद्धार तथा राहत कार्यलाई छरितो बनाउने र पुनःस्थापनाका प्रयासमा जुटेकालाई बल प्रदान गर्ने’ विश्वास गरिएको छ ।
राष्ट्रपति प्रबोवो सुबियाँतोले पनि प्रभावित जनताको आवश्यकता तत्काल सम्बोधन गर्ने, सामाजिक–आर्थिक पुनर्जीवनलाई छिटो अघि बढाउने तथा क्षतिग्रस्त पूर्वाधारको मर्मत र पुनर्निर्माणलाई सरकारको मुख्य प्राथमिकतामा राखिएको बताए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया