मंगलबार, पुष ८, २०८२

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

मेरोन्यूज २०८२ मंसिर १९ गते १५:४९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्न शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया