टस जितेर लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका हुन्।
छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ । जितेको खण्डमा चार अङ्क हुनेछ ।
त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।
मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।









एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
प्रतिक्रिया