मधेस प्रदेशसभा सदस्य विच्छा पदमुक्त
मेरोन्यूज
२०८२ मंसिर १९ गते १७:३८

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताए ।
आज प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम विच्छालाई निलम्बन गरिएको उल्लेख छ ।
विच्छालाई पार्टीको नीतिविपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै राप्रपाले पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएकोसमेत जनाइएको छ ।

सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया