फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले निर्धारित २० आेभरमा ७ विकेट गुमाएर १५५ रन बनाएकाे हाे ।
सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । त्यस्तै आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे । त्यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।
यता बलिङ तर्फका विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक एक विकेट लिए । यस खेल जित्ने टोली यही मङ्सिर २७ गते हुने फाइनल खेलमा प्रवेश गर्नेछ ।
त्यस्तै पराजित हुने टोलीले भने इलिमिनेटर खेल्ने मौका पाउनेछ । विराटनगर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
















निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु
एपस्टिन प्रकरणमा पक्राउ परेका बेलायती राजाका भाइ एण्ड्रयू सोधपुछपछि रिहा
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया