बिहीबार, मंसिर २५, २०८२

काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

मेरोन्यूज २०८२ मंसिर २४ गते १७:५८

काठमाडाैं । काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको इलिमिनेटरमा लुम्बिनी लायन्ससामु १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस जितेर ब्याटिङ गरेको काठमाण्डु पाँच बल अगावै एक सय ११ रन बनाउँदा अलआउट भयो।

काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

यता काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे ।

यस खेलको विजेता टोलीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया