फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य

काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङससामु जितका लागि एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ४१ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिएका हुन् ।
त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन बनाए । रुबेल ट्रम्पलम्यानले अविजित ११ रन जोडे ।
बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन÷तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसअघि विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै लुम्बिनीले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो । लिग चरणमा भने लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । यसअघि भएको पहिलो क्वालिफायरमा सुदुरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ । सुदुरपश्चिम पहिलो संस्करणको उपविजेतासमेत हो ।









अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया