यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बंगलादेशले नेपाललाई सात विकेटले हराएको हो ।
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । एक सय ३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।
बंगलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए ।
त्यसअघि नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।
बलिङतर्फ बंगलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए । नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।










रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै
प्रतिक्रिया