त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ ।
यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।
त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् ।
“नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।”
त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लाग्नुभएका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताए ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहर जाने गर्छन् ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया