बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
मेरोन्यूज
२०८२ पुष ८ गते १७:१२

काठमाडौँ । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।
अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु आठ लाख ४० हजार लिएका थिए । उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएकाे छ ।
सम्बन्धित











समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया