मंगलबार, पुष १५, २०८२

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

मेरोन्यूज २०८२ पुष १३ गते १६:५७

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन सरु गरेका छन्।

आयोगका अनुसार आइतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन्।

तीनवटा राजनीतिक दलले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आइतवार र सोमवार बन्दसूची पेश गर्ने समय तोकिएको छ।

आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए। पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेका उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए। निस्सा लिएपछि बन्दसूची पेश गर्न दर्ता गरिने उनको भनाइ छ।

उनले सेवा प्रवाहका लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिए।

प्रतिक्रिया