भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर। भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले आज यसबारे जानकारी दिँदै भक्तपुरमा एक लाख पाँच हजार २६५ महिला, एक लाख १४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम जिसीका अनुसार भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी कूल एक लाख सात हजार ५४ मतदाता रहेका बताए ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँच जना अन्य मतदाता गरी कूल ९८ हजार ३५६ मतदाता रहेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कूल ७६ मतदानस्थल र २३३ मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
प्रतिक्रिया