आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २१ गते सोमबार तदनुसार सन् २०२६ जनवरी ५ तारिख । माघ कृष्ण पक्षको द्वितीया तिथि । गुरु गोविन्द सिंह जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : रोकिएका कामहरूमा दोहोर्याएर प्रयत्न गर्नुहोला। माननीय जनहरूको सुझावलाई शिरोपर गरेर काम गर्दा लाभ मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष :व्यापार व्यवसायमा साथीभाइको सहयोग जुट्नाले लामो समयसम्म लाभ प्राप्त गर्न सकिने समय रहेको छ। हतारमा निर्णय लिने बानीले समस्या निम्ताउँला निर्णय गर्दा सोचविचार गरेर मात्र गर्नुहोला। परिश्रमको राम्रो प्रतिफल हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : व्यावहारिक पक्षमा सजग रहनुहोला। सच्याउने काममा लगनशील रहदा राम्रो हुनेछ। आर्थिक समस्याको समाधान हुनेछ। अध्ययन अध्यापनमा लगाव रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढ्नुका साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता प्राप्त होला। मेहेनतीहरूका लागि मेहेनतको परिणामस्वरूप सम्मानित स्थान दिलाउने योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : कार्यक्षेत्रमा उत्साहको कमी रहनेछ। नोकरी वा पेशामा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। विदेशतिरबाट शुभ समाचार सुन्न पाइएला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : आम्दानी बढ्नुका साथै काममा नयाँ अनुबन्ध सम्म गर्ने समय रहेको छ। सुन्दर पहिरनद्वारा व्यक्तित्वमा निखार आउनेछ। समस्या दर्शाउँदा साथ दिने वाला प्रशस्तै भेटिनेछन् विचार गरेर समाधानतर्फ लाग्दा उचित हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
तुला : व्यापार व्यवसायमा परिस्थिति आफ्नो अनुकूल बनाउन सकिनेछ। पहिलाको सफलताले गर्दै गरेको कार्यमा थप हौसला जगाउनेछ। मनोरञ्जन वा अतिथि सत्कारमा धनको केही अंश खर्चिनु पर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। धार्मिक समारोहमा आफ्नो प्रतिभा वा कलाले अरुलाई प्रभावित पार्न सकिनेछ। मन प्रसन्न रहला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
धनु :सौख पूरा गर्न सञ्चित रकम खर्च गर्नुपर्ला। नयाँ निर्णय लिनुभन्दा अघि त्यस विषयमा जानकार व्यक्तिहरूसँग सल्लाह अवश्य लिनुहोस्। दिनैभरी मनमा कुनै कुराको चिन्ता रहनेछ त्यसलाई मध्यनजरमा राख्दै संयमता पुर्वक रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर :शत्रुहरूको चलखेलले आत्मबल घट्न सक्छ बोल्नुपुर्व एकपटक सोचेर बोल्नु राम्रो होला। रमाईलो यात्राको क्रम अगाडि बढ्नेछ। लगनशीलता र कडा परिश्रमले कार्य क्षेत्रमा सफलता हात पार्न सकिनेछ। जीवनसाथीको साथले आनन्दित भईएला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। पुरानो कार्यलाई चटक्कै नछोडेको राम्रो होला । एउटा पक्षको कुरा सुनेर मात्रै नयाँ निर्णय लिनतर्फ नजानुहोस् साथै दुईपक्षीय कुराकानि सुन्नुमै बुद्धिमता होला। अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजयी भईनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मीन : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढिएका साथीभाइहरू नजिकिनाले मनमा हर्ष बढ्नेछ। प्रेममा मनमुटावको समस्या आँउन सक्छ प्रेमिको भावना बुझ्ने प्रयास गर्नुहोला। तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।













कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
प्रतिक्रिया